बालेनको फेरि उही पुरानो पारा : 'सिंहदरबार र नेताको घरको फोहोर उठ्दैन, जुध्न आए हुन्छ'

बालेनको फेरि उही पुरानो पारा : 'सिंहदरबार र नेताको घरको फोहोर उठ्दैन, जुध्न आए हुन्छ'

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले फोहोर बोक्ने गाडीका चारजना चालकलाई सरकारले नियन्त्रणमा लिएको भन्दै आक्रोश पोखेका छन्। 

आज सामाजिक सञ्जालमार्फत उनले फोहोर बोक्ने गाडीका चालकलाई नियन्त्रणमा लिइएको भन्दै चालकलाई रिहा नगरे सिंहदरबारसहित सबै पार्टी कार्यालयको फोहोर नउठाउने बताए। उनले नेताहरूको घरकोसमेत फोहोर नउठाउने चेतावनी दिएका छन्।

उनले लेखेका छन्, 'भ्रष्टलाई समाउन सक्नुभएन, काठमाडौंमा फोहोर बोक्ने चार चालकलाई समाउनुभएछ, यो सरकारले। जबसम्म ससम्मान चालकहरू रिहा हुन्नन्, सिंहदरबारलगायत सबै पार्टी कार्यालयको र नेताहरूको घरको  फोहोर उठ्दैन। को को जुध्न आउने हो, आए हुन्छ, कसैलाई बाँकी छोडिँदैन।'

यसअघि पनि आफ्नी पत्नी चढेको गाडी ट्राफिक प्रहरीले चेकजाँचका क्रममा रोकेको भन्दै सिंहदरबार जलाउने धम्कीपूर्ण अभिव्यक्ति दिएका थिए। चौतर्फी आलोचना भएपछि उनले त्यो स्ट्याटस हटाएका थिए। 

७ जेठ, २०८१, १९:१७:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।