द नेपाल डिस्टिलरिजद्वारा बालाजु क्षेत्रमा पोल र सडकबत्ती जडान
काठमाडौं : ‘दि नेपाल डिस्टीलरिज’ले काठमाडौं महानगरपालिकाको वडा नम्बर १६ को बालाजुस्थित केही सडक क्षेत्रमा पोल तथा सडकबत्ती जडान गरेको छ।
कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बालाजु क्षेत्रको सडकलाई थप सुरक्षित बनाउन सहयोग गरेको हो।
सडकबत्तीको व्यवस्था भएसँगै बालाजु सडक क्षेत्र उज्यालो भएको छ। व्यवस्थित सडकबत्तीले सो क्षेत्रको सौन्दर्य र सुरक्षामा समेत अभिवृद्धि गर्ने कम्पनीको विश्वास छ।
दि नेपाल डिस्टीलरिजका महाप्रबन्धक सुभाष लामिछानेले यसले कम्पनी र स्थानीयबीच सम्बन्ध प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
वडानम्बर १६ का कार्यबाहक वडाध्यक्ष पुष्प महर्जनले दि नेपाल डिस्टीलरिजको सहयोगप्रति आभार प्रकट गरे।
जेठ २, २०८१ बुधबार १३:०७:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।