क्रिकेट पूर्वाधारमा सरकारको प्राथमिकता, मुलपानी र विराटनगरसँगै फाप्लाको कामलाई तीव्रता दिइने

क्रिकेट पूर्वाधारमा सरकारको प्राथमिकता, मुलपानी र विराटनगरसँगै फाप्लाको कामलाई तीव्रता दिइने

काठमाडौं : सरकारले आगामी आर्थिक वर्ष क्रिकेट पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको छ।

सरकारको तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेश गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन्।

उनका अनुसार मुलपानी, विराटनगर र फाप्ला क्रिकेट रंशगालाको निर्माणलाई तीव्रता दिइनेछ।

उनले थपे, ‘काठमाडौंको मुलपानी, मोरङको विराटनगर र कैलालीको फाप्ला क्रिकेट रंगशाला निर्माणलाई तीव्रता दिइनेछ।’

यसका साथै चितवनमा निर्माणाधीन रंगशाला पनि प्रदेश र स्थानीय तहसँगको समन्वयमा अघि बढाइने विषय नीति तथा कार्यक्रममा समेटिएको छ।

यसका साथै कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको स्तरोन्नत्ति सहित थप निर्माण कार्य प्राथमिकताका साथ अघि बढाइने राष्ट्रपति पौडेलले बताए।

जेठ १, २०८१ मंगलबार १७:०२:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।