राष्ट्र बैंकले भन्यो- महंगी ४.६१ प्रतिशतमा कायम
काठमाडौं : चालू आर्थिक वर्षको नौ महिनामा मुद्रास्फीति(महंगी) ४.६१ प्रतिशतमा कायम भएको राष्ट्र बैंकले जनाएको छ।
अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.७६ प्रतिशत रहेको थियो। राष्ट्र बैँकको तथ्यांक अनुसार गत बर्षको सोही अवधिको तुलनामा मुद्रास्फीति घटेको हो।
चैत्र महिनामा खाध्य तथा पेय पदार्थको ५.२१ प्रतिशत र गैर खाध्य तथा समूहको मुद्रास्फीति ४.१४ प्रतिशत रहेको छ।
काठमाडौं उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.०६, तराईको ४.५८ प्रतिशत, पहाडको ५.३३ प्रतिशत र हिमालको ४.३२ प्रतिशत रहेको छ।
गत वर्षको चैत्र महिनामा ८.५७ प्रतिशत, ७.६७ प्रतिशत, ७.०१ प्रतिशत र ७.४७ प्रतिशत थियो।
वैशाख ३०, २०८१ आइतबार १६:००:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।