नेपाल लाइफको २३ औँ वार्षिकोत्सवमा ४५७ पिन्ट रगत संकलन

नेपाल लाइफको २३ औँ वार्षिकोत्सवमा ४५७ पिन्ट रगत संकलन

काठमाडौँ : नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो २३ औँ वार्षिकोत्सव देशव्यापी रुपमा विभिन्न कार्यक्रम गरि मनाएको छ।

 देशका १२ स्थानबाट रक्तदान कार्यक्रम, १८५ वटै शाखामा वृक्षारोपण कार्यक्रम, निःशुल्क स्वास्थ्य शिविर तथा विभिन्न सामाजिक उत्तरदायित्त्व अन्तर्गतका कार्यक्रमहरू सन्चालन गरेको जनाइएको छ। 

यस अवसरमा कम्पनीले रक्तदान कार्यक्रम मार्फत दमकमा ३९, बिरगंजमा ३२ र जनकपुरमा ३४, नारायणघाटमा ४३, हेटौडामा ३२, ललितपुरमा ३८ र काठमाडौँमा ७०, पोखरामा ४१, बुटवलमा २५ र कोहलपुरमा ३८, महेन्द्रनगरमा ३२ र धनगढीमा ३३ गरी कुल ४५७ पिन्ट रगत संकलन गरेको छ।

त्यस्तै, कम्पनीले केन्द्रीय कार्यालयमा निःशुल्क स्वास्थ्य शिविर सन्चालन, कर्णाली प्रदेशको सुर्खेतमा रहेको बादी सरोकार मञ्च नेपाललाई हजार लिटरको पानी ट्याङ्की प्रदान, धनगढी उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको हरियाली प्रवर्धन कार्यक्रमलाई १०० वटा वृक्ष रोप्नका निम्ति ५ लाखको आर्थिक सहयोग तथा कम्पनीले आफ्ना १८५ वटै शाखामा वृक्षारोपण कार्यक्रम पनि सम्पन्न गरेको कम्पनीले जनाएको छ। 

२१ बैशाख, २०८१, १९:१४:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।