वेब सिरिज ‘हीरामण्डी’ : २०० करोड लागत, मनीषाले १ करोड लिँदा अरूले कति लिए पारिश्रमिक ?

वेब सिरिज ‘हीरामण्डी’ : २०० करोड लागत, मनीषाले १ करोड लिँदा अरूले कति लिए पारिश्रमिक ?

एजेन्सी : बुधबारबाट नेटफ्लिक्समा प्रसारणमा आएको वेब सिरिज ‘हीरामण्डी’मा मनीषा कोइराला, सोनाक्षी सिन्हा, अदिति राव हैदरी, ऋचा चड्ढा, शर्मिन सहगल र सन्जीदा शेखसँगै फरदीन खान, शेखर सुमन, अध्ययन सुमन र ताहा शाह बदुशाको पनि अभिनय छ।

निर्देशक सञ्जय लीला यही सिरिजमार्फत ओटीटी डेब्यू गरेका छन्। लाहोरको रेड लाइट एरियामाथि बनेको यो सबैभन्दा महंगो सिरिज हो। यो सिरिजमा करिब २०० करोड रुपैंयाँ खर्च गरिएको छ। यो सिरिजका लागि निर्देशक भन्सालीसहित कलाकारहरूले सिरिजका हिसाबले राम्रै पारिश्रमिक लिएका छन्।

सञ्जय बलिउडका लोकप्रिय निर्माता र निर्देशकका रुपमा चिनिन्छन्। ‘देवदास’, ‘बाजीराव मस्तानी’, ‘पद्मावत’ र ‘गंगूबाई काठियावाडी’ जस्ता ब्लकबस्टर फिल्मका लागि परिचित भन्सालीले सिरिजका लागि ६५ करोड पारिश्रमिक लिएका छन्।

सिरिजमा अभिनेत्री सोनाक्षीले सर्वाधिक २ करोड पारिश्रमिक लिएकी छन्। त्यस्तै, मनीषाले १ करोड, अदिति राव हैदरीले १ देखि डेढ करोड, ऋचा चड्डाले १ करोड र सन्जीदा शेखले ४० लाख रुपैंया पारिश्रमिक लिएका छन्। 

भन्सालीले १५ वर्षदेखि यो सिरिज बनाउने तयारी गरिरहेका थिए।

२१ बैशाख, २०८१, १४:२१:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।