रास्वपा सचिवालय बैठक बस्दै

रास्वपा सचिवालय बैठक बस्दै

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ।

पार्टी कार्यालय बनस्थलीमा दिउँसो साढे ४ बजे बस्ने बैठकले इलाम-२ को उपनिर्वाचनको समीक्षा गर्नेछ।

वैशाख १५ गते इलाम-२ को उपनिर्वाचनमा रास्वपाको जमानत जफत भएको थियो।

बैठकमा संसद्को बर्खे अधिवेशन, समसामयिक राजनीतिक परिस्थिति र आगामी कार्ययोजनाबारे छलफल हुने रास्वपाले जनाएको छ।

२१ बैशाख, २०८१, ०८:२७:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।