मध्यपश्चिमको उपकुलपतिमा डा. ध्रुवकुमार, पूर्वाञ्चल विश्वविद्यालयमा डा. विजुकुमार

मध्यपश्चिमको उपकुलपतिमा डा. ध्रुवकुमार, पूर्वाञ्चल विश्वविद्यालयमा डा. विजुकुमार

काठमाडौँ : मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डा. ध्रुवकुमार गौतम र पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डा. विजुकुमार थपलियालाई नियुक्त भएका छन्।

विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार गौतम र थपलियालाई विश्वविद्यालयको उपकुलपतिमा नियुक्त गरेका हुन्। 

मध्यपश्चिम विश्वविद्यालयको उपकुलपति सिफारिसका लागि विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष देवराज अधिकारीको अध्यक्षतामा गठित समितिले नन्दबहादुर सिंह, देवबहादुर खड्का र प्रा. डा. गौतमलाई सिफारिस गरेको थियो। 

पूर्वाञ्चलमा शिक्षामन्त्री सुमना श्रेष्ठको अध्यक्षतामा गठित उपकुलपति छनोट तथा सिफारिस समितिले थपलियासँगै, महेशराज दाहाल र देवीप्रसाद भट्टराईको नाम सिफारिस गरेको थियो । 
 

१८ बैशाख, २०८१, २२:५२:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।