मन्त्रिपरिषद् बैठक बस्दै, कतारी राजाको नेपाल भ्रमणबारे छलफल हुने

मन्त्रिपरिषद् बैठक बस्दै, कतारी राजाको नेपाल भ्रमणबारे छलफल हुने

काठमाडौं : मन्त्रिपरिषद्को बैठक आज बस्दैछ।

प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार बिहान १० बजे सिंहदरबारमा बस्ने गरी बैठक बोलाएका हुन्।

बैठकमा मंगलबारबाट हुने कतारका राजा अमिरको नेपाल भ्रमणका बारेमा छलफल गरिने मुख्य एजेण्डा रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबारदेखि दुई दिने नेपाल भ्रमणमा आउँदैछन्।

कतारका राजाले नै नेपालको भ्रमण गर्न लागेको यो पहिलो पटक हो। भ्रमणमा श्रम सम्झौतालाई नेपालले प्राथमिकतामा राखेको छ।

बैठकले संघीय संसद्को बजेट अधिवेशन आह्वानका लागि समेत सिफारिस 
गर्ने जनाइएको छ। त्यस्तै, बैठकले सरुवा बढुवा र अन्य नियमित निर्णयहरू समेत गर्नेछ।

१० बैशाख, २०८१, ०७:४०:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।