सुदूरपश्चिम : मुख्यमन्त्रीका लागि नाउपाका दुवै सांसदको दाबी अस्वीकृत

सुदूरपश्चिम : मुख्यमन्त्रीका लागि नाउपाका दुवै सांसदको दाबी अस्वीकृत

काठमाडौं : सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीका लागि पेस गरिएका दुवै दाबी अस्वीकृत भएको छ।

प्रमुख नजिर मियाँले नागरिक उन्मुक्ति पार्टीका दुई सांसदले गरेको दाबी अस्वीकृत गरेका हुन्। उनले थप दुई दिनको समय थप गर्दै पुनः दाबी पेस गर्न भनेका छन्। 

प्रमुख मियाँले संविधानको धारा १६८ को (२) अनुसार मुख्यमन्त्रीमा दाबी पेस गर्न वैशाख ६ गते साँझ ५ बजेसम्म समय दिएका छन्।

आइतबार नाउपाका सांसदद्वय लक्ष्मणकिशोर चौधरी र कैलाश चौधरीको मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए। 

४ बैशाख, २०८१, १९:४६:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।