सलमान खानको घर बाहिर गोली चलाएको आरोपमा दुई जना पक्राउ

सलमान खानको घर बाहिर गोली चलाएको आरोपमा दुई जना पक्राउ

एजेन्सी : बलिउड अभिनेता सलमान खानको घर बाहिर गोली चलाएको घटनामा संलग्न दुई संदिग्ध पक्राउ परेका छन्।

समाचार एजेन्सी पीटीआईका अनुसार उनीहरु दुवैलाई गुजरातबाट पक्राउ गरिएको हो।

आइतबार, अप्रिल १४ मा सलमान खानको घरबाहिर गोली हानाहान भएपछि मुम्बई प्रहरीले घटनाको अनुसन्धान गरिरहेको थियो।

क्राइम ब्रान्चले यी संदिग्धहरूलाई गुजरातको भुजबाट पक्राउ गरेको थियो।

भुज पुलिसले एक प्रेस विज्ञप्ति निकाल्दै सलमान खानको घर बाहिर गोली चलाएको मामिलामा लरेन्स बिश्नोई गिरोहका दुई संदिग्धहरूलाई पक्राउ गरेको जनाएको छ।

पक्राउ परेकाहरू विक्की गुप्ता र सागर पाल रहेका छन्।

४ बैशाख, २०८१, ०९:५९:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।