एर्भटनको पोस्टमा चेल्सीको आधादर्जन गोल

एर्भटनको पोस्टमा चेल्सीको आधादर्जन गोल

काठमाडौं : इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले एभर्टनमाथि शानदार जित दर्ता गरेको छ।

सोमबार राति भएको खेलमा चेल्सीले एर्भटनको पोस्टमा आधादर्जन गोल गरेको हो।

चेल्सीलाई जिताउन कोल पालमरले ह्याट्रिकसहिच चार गोल गर्दा निकोलस ज्याकसन र एलिफ गिलक्रिस्टले समान एक-एक गोल थपेका थिए।

१३ औं मिनेटमा पालमसले ज्याकसनको पासमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । पालसमले १८ औं र २९ औं मिनेटमा शानदार गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए।

ज्याकसनले मार्क सेस्टाको पासमा गोल गरेपछि चेल्सीले पहिलो हाफमा ४-० को अग्रता बनायो। ६४ औं मिनेटमा पेनाल्टीमार्फत पालमले व्यक्तिगत चौथो गोल गर्दा चेल्सी भने ५-० ले अघि बढेको थियो।

९०औं मिनेटमा गिलक्रिस्टले गोल गर्दै चेल्सीलाई ६-० को जित दिलाए। चेल्सीको जारी सिजनमा यो फराकिलो जित रहेको छ।

जितपछि चेल्सी ३१ खेलबाट ४७ अंकका साथ तालिकाको नवौं स्थानमा उक्लिएको छ भने एभर्टन ३२ खेलबाट २७ अंकका साथ १६ औं स्थानमा छ।

४ बैशाख, २०८१, ०९:४३:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।