गगन थापाले भने- '...शिक्षा मन्त्रीज्यूलाई धन्यवाद, यो सत्प्रयासमा हाम्रो पनि साथ रहने छ'

गगन थापाले भने- '...शिक्षा मन्त्रीज्यूलाई धन्यवाद, यो सत्प्रयासमा हाम्रो पनि साथ रहने छ'

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक भएपछि शिक्षामन्त्री सुमना श्रेष्ठलाई धन्यवाद दिएका छन्।

बिहीबार सामाजिक सञ्जालमार्फत महामन्त्री थापाले प्रतिवेदनले आधार र कारण खुलाएरै गरेको कारबाही सिफारिस कार्यान्वयन हुनेमा आफू विश्वस्त रहेको बताए। 

उनले आयोग बन्ने तर प्रतिवेदन सार्वजनिक नहुने प्रवृत्तिका बीच प्रतिवेदन सार्वजनिक गर्नु नै आफैँमा सकारात्मक रहेको बताएका छन्।

प्रतिवेदनले उजागर गरेका सम्बन्धन, भर्ना, सिट, शुल्क लगायतका विषयमा चिकित्सा शिक्षा ऐन नै बनेर आयोगमार्फत कार्यान्वयनको चरणमा भएकाले थप प्रभावकारी बनाउनुपर्ने उनको भनाइ छ।

आयोगले कारबाही सिफारिस गरेको प्रतिवेदनको कार्यान्वयनको लागि आफूहरूको पनि साथ रहने उनले प्रतिबद्धता समेत गरेका छन्। 

उनले लेखेका छन्, '...यससँगै प्रतिवेदनले आधार र कारण खुलाएरै जस-जसलाई कारबाहीको सिफारिस गरेको छ, त्यो सिफारिस कार्यान्वयनको दिशामा अगाडि बढ्छ भन्ने विश्वास छ र यो सत्प्रयासमा हाम्रो साथ रहने प्रतिबद्धता पनि।'

२९ चैत, २०८०, १९:४७:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।