सहकारी ठगी प्रकरणमा गृहमन्त्रीको छानबिन गर्न संसदीय समिति बन्दैन : प्रवक्ता शर्मा

सहकारी ठगी प्रकरणमा गृहमन्त्रीको छानबिन गर्न संसदीय समिति बन्दैन : प्रवक्ता शर्मा

काठमाडौँ : सरकारको प्रवक्ता रेखा शर्माले सहकारी ठगीमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिन गर्न संसदीय समिति गठन गर्न आवश्यक नभएको बताएकी छिन्।

तत्काल प्राप्त प्रमाणको आधारमा संसदीय समिति गठन गर्नु पर्ने नदिएको सरकारको निर्णय रहेको र भोलीका दिनमा थप प्रमाण खुलेमा जोसुकैमाथि छानबिन गर्न पनि सरकार तयार रहेको उनले बताए।

यही सरकारले जस्तोसुकै प्रभावशाली व्यक्ति भए पनि प्रमाण देखिएमा अनुसन्धानमा दायरामा ल्याउने काम सुरु गरेको भन्दै उनले भोलीका दिनमा गृहमन्त्री रविबारे पनि थप प्रमाण फेला परेमा छानबिन हुने दाबी गरिन्।

‘प्रमाण देखिएमा जो सुकै व्यक्ति पनि छानबिनको दायरामा आउनेमा सरकार प्रतिबद्ध छ तर अहिले संसद् र सडकमा उठेको विषयमा छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने प्रमाण देखिएको छैन‘ उनले भने।

उनले भोली तथ्यहरूले कहाँ पुर्याउँछ त्यो अलग कुरा भएको तर अहिलेसम्म सरकारी ठगीमा संसदीय छानबिन समिति गठनको माग राजनीतिक पूर्वाग्रहको आधारमा गरिएको उनले दाबी गरे।

संसद्मा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरूले पोखराको शुर्यदर्शन सहकारी लगायतका सहकारीको रकम अपचलनमा गृहमन्त्री रहेका रवि लामिछाने संलग्न देखिएको भन्दै उनीबारे छानबिन गर्न संसदीय समितिको माग गर्दै आएको छ।

यदि माग अनुसार छानबिन समिति गठन नभएर संसद् चल्न नसक्ने धारणा सो दलका सांसदहरूले सांसदमै राखिसकेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्को रोष्टमबाटै गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा संलग्न नरहेको भन्दै आफ्नो तर्फबाट क्लिनचिट दिइसकेका छन्।

चैत ९, २०८० शुक्रबार १६:२२:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।