ठाकुरमोहनलाई कुटेको आरोपमा राप्रपाका तीन नेता चार वर्ष निलम्बित

ठाकुरमोहनलाई कुटेको आरोपमा राप्रपाका तीन नेता चार वर्ष निलम्बित

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ठाकुरमोहन श्रेष्ठलाई कुटेको आरोपमा तीन जना नेता चार वर्षका लागि निलम्बनमा परेका छन्।

बैठकमा भएको विवादकोक्रममा श्रेष्ठलाई कुटेको आरोपमा पार्टीका सहायक महामन्त्री प्रेम बलायर, काठमाडौँ- ४ का क्षेत्रीय अध्यक्ष रिद्धिप्रताप राणा र राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका सदस्य सचिव निराजन बम चार वर्षका लागि निलम्बनमा परेका हुन्।

फागुन २७ मा पार्टी कार्यालय धुम्बाराहीमा पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक भइरहेको बेलामा श्रेष्ठ कुटिएका थिए।

उपाध्यक्ष विक्रम पाण्डे र श्रेष्ठबिच विवादकाक्रममा भएको कुटपिटमा तीन जना संलग्न रहेको छानबिन समितिले प्रतिवेदन बुझाएपछि अध्यक्ष राजेन्द्र लिङदेनले आइतबार उनीहरूलाई चार वर्ष निलम्बन गर्ने निर्णय गरेका हुन्।

४ चैत, २०८०, १७:०४:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।