राप्रपा नेता श्रेष्ठलाई कुट्नेहरूको खोजी गर्दै प्रहरी

राप्रपा नेता श्रेष्ठलाई कुट्नेहरूको खोजी गर्दै प्रहरी

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समिति सदस्य ठाकुरमोहन श्रेष्ठमाथि कुटपिट भएको प्रकरणमा प्रहरीले अनुसन्धान थालेको छ।

आइतबार पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा नेता श्रेष्ठले अर्का नेता विक्रम पाण्डेलाई ‘भ्रष्टाचारी’ भनेपछि  कुटिएका थिए।

सोही घटनामा नेता श्रेष्ठले ठाडो निवेदन दिएपछि जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान थालेको परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले बताए।

‘प्रहरी वृत, महाराजगञ्जमा निवेदन आएपछि कुटपिट भएको विषयमा प्रहरीले अनुसन्धान थालेको छ’, उनले भने।

एसपी अधिकारीले कुटपिट गर्ने युवाहरूको पहिचान नभइसकेकाले उनीहरूको खोजी भइरहेको बताए।

२८ फागुन, २०८०, १८:४५:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।