‘ब्रिटिशले भारतमा गरेको गद्दारी यहाँ नगरेकाले नेपाली सहनशील भएका हुन्’
जुनसुकै देशको संस्कृति त्यही समाजको शैली अनुसार निर्धारण भएको हुन्छ। काठमाडौंलाई केन्द्र मानेर हेर्दा कृषि युगमा नै बनेका जस्ता लाग्ने जात्रा तथा पर्वहरू यहिँका सामाजिक मूल्य र मान्यतामा आधारित छन्।
जात्रालाई नै हेरौँ। भक्तपुरको बिस्केट जात्रा वैशाखमा भएपछि एकैपटक साउनतिर हुन्छ अन्य जात्रा तथा पर्वहरू। जेठ र असार खेतीपाती गर्नको निम्ती छुट्याइदिएको जस्तो देखिन्छ। हाम्रा चाडपर्व र संस्कृति बाध्यकारी भन्दा पनि काम सकेपछि फुर्सदमा रमाइलोको लागि हेर्न जाने जसरी बनाइएका छन्।
जात्राको लागि चाहिने रथ, खट र घुमाइने क्षेत्रले केवल मनोरञ्जन मात्रै दिँदैन, इतिहास र वास्तुकला बुझाउँछ। जात्रा भनेको इतिहासको किताब पनि हो।
हामीले कुनै एक जातको जात्रा एक भाषाको शब्द भनेर सीमित गर्नु हुँदैन। यसरी सीमित गरिँदा इतिहास बुझिन्न। जस्तो नेवारहरूले आफ्नो भन्दै आएको ख्वपः शब्द किराँती हो भन्नुभएको छ पूरातत्वविद् सुर्दशन राज तिवारीले।
नेपाली संस्कृति आध्यात्मिक देखिन्छ। नेपालका शहरहरूको निर्माण हेर्यौँ भने पनि तीर्थाटन जस्तो जीवन्त देखिन्छ। उपत्यकालाई नै हेरौँ न, मन्दिर नजिक नदी अनि नदी भन्दा अलि माथि बस्ती देखिन्छ।
यो शब्दको अर्थ उदाँउदो सूर्य भन्ने हुन्छ। संस्कृति भनेको समाजबाटै बनेको हो। संस्कृति भनेको जड हुँदैन। समय अनुसार यसको व्याख्या हुनुपर्छ।
दशैं पनि आउँदैछ। एउटा उदाहरण दिन्छु। दशैंमा घरमूलीले सबैलाई टीका लगाइदिन्छन्। त्यो भन्दा पहिले सानो कुमारी कन्याबाट टीका थाप्छन्। यो भनेको कुमारी प्रथाको अंश हामी सबैको घरमा भएको हो।
एकताका काठमाडौंको कुमारी प्रथाले गर्दा बालअधिकार हनन भएको कुरा उठ्यो। हामीले सधैँ देखिरहेको कुरालाई व्याख्या गर्न जरुर ठानेनौँ, बाहिरकाले त्यसलाई अपराध देखे। कुमारीको आर्शिवाद लिनु, घरमूलीले सानी कन्याबाट टीका थाप्नुको अर्थ हो पुरुष अहंम त्याग्नु।
कुमारीबाट राष्ट्र प्रमुखले टीका थाप्नु भनेको निर्दोष व्यक्तिप्रति पनि दयालु नभए शासक निर्दयी हुन्छ भनेर थाप्न लगाइएको हो।
त्यस्तै दशैंमा चण्डीको पाठ गर्दा थाहा हुन्छ। चण्डीको सार ‘अहंकार त्याग, आफूभित्र आफूलाई खोज, आफूमाथि विजयी भयौ भने सिर्जनशिल हुन सक्छौ’ भनेको हो। संस्कृति त भयो हामीसँग व्याख्या भएन।
यसरी हेर्दा नेपाली संस्कृति आध्यात्मिक देखिन्छ। नेपालका शहरहरूको निर्माण हेर्यौँ भने पनि तीर्थाटन जस्तो जीवन्त देखिन्छ। उपत्यकालाई नै हेरौँ न, मन्दिर नजिक नदी अनि नदी भन्दा अलि माथि बस्ती देखिन्छ।
शहरले घाट र दरबारलाई प्राथमिकता दिएको देखिन्छ। घाट भनेको मृत्युसँग साक्षात्कार गर्ने माध्यम पनि त हो। यहाँका दरबार र जात्राले काव्यिक चेत दिन्छ। मैले ठमेलको विक्रमशील महाविहार र हनुमानढोकाको अध्ययन गरेको थिएँ। मन्दिरहरू चारैतिर बस्न मिल्ने बनाइएको छ।
नेपाल धर्म राष्ट्र त राजनीतिक रूपमा थिएन तर सनातन धर्म जहिल्यै मनाइरह्यो। राजनीतिक गर्नेले धर्मलाई राजनीतिमा मिसाएको देखिएन।
जाडोमा पूर्वतिर घाम ताप्न मिल्ने, गर्मीमा उत्तरतिरको हावा लिन मिल्ने, पानी परे माथितिर गएर ओत लाग्न मिल्ने। यो निर्माण भनेको सानोतिनो दिमागले बनेको होइन। बरु हामी बस्ने घरहरू प्रजातान्त्रिक भएनन्, एउटा खण्डबाट अर्को खण्डमा जान बर्जित थियो। तर खुला क्षेत्रमा यस्ता प्रसिद्ध मन्दिरहरू बने।
यो भनेको वैभवशाली संस्कृति हो। आम नागरिकले निःशुल्क उपभोग गरिरहन पाएका छौँ। भारतका यस्ता दरबारहरूलाई होटलमा परिणत गरियो। हाम्रोमा धेरै बाँकी छन्। यो हाम्रो मात्रै होइन, आउने पुस्ताका लागि पनि संरक्षण गर्नुपर्छ भन्ने भावको विकास भएको देखिन्छ।
हामी अध्यात्मिक हौँ
संस्कृति भनेको पहिचन हो। संस्कृतिमा मन्थन नगरी अघिल्लो पुस्ताले किन केही भने अथवा यस्तो संरचना बनाए भनेर बुझिँदैन। आधुनिक सिद्धान्तबाट पनि भन्न सकिँदैन। घरमा नानी जन्मियो भने छिमेकीलाई बोलाउनुपर्छ भन्ने हाम्रो संस्कृति हो। राज्यले डण्डा लगाउँदैन किन बोलाउने भन्यौँ भने हामी एक्लिँदै जान्छौँ।
हाम्रा संस्कृतिहरू आध्यात्मिक छन्। नेपाल धर्म राष्ट्र त राजनीतिक रूपमा थिएन तर सनातन धर्म जहिल्यै मनाइरह्यो। राजनीतिक गर्नेले धर्मलाई राजनीतिमा मिसाएको देखिएन।
केही धार्मिक प्रथाहरूलाई अङ्गालेर कानून त बन्यो तर पश्चिममा जस्तो धार्मिक गुरुले नै सत्ता चलाए जसरी हाम्रा पण्डितहरूले शासन गरेनन्। सल्लाहकार त भए तर धार्मिक नीति लादेनन्। त्यसैले संसारले धर्म निरपेक्षतालाई जसरी व्याख्या गरेको हाम्रो संविधानले त्यसरी गरेको छैन। सनातनी धर्मको रक्षा गर्दै धर्म निरपेक्षता भनेको छ। खास धर्म निरपेक्षताको अर्थ त यो होइन नि !
पश्चिममा अढाइ सय वर्ष धर्मले शासन गर्यो। राजनीतिज्ञको स्पेश धार्मिक गुरुहरूले लिए, तर हाम्रोमा त्यस्तो भएन। हाम्रो धर्म, संस्कार र संस्कृति आध्यात्मिक भयो। राज्य चलाउनेले धर्म त माने होलान्। तर, धर्ममार्फत राज्यमा अनावश्यक हस्तक्षेप गरेनन्।
पूर्वीय धर्म भनेको आफूलाई शासन गर भनेको हो तर अरूमाथि लाद्न भनेको छैन। कसैलाई दर्शन कसैले कर्मकाण्ड गर्ने भनेर छुट्टाएको देखिन्छ। राजधर्म भनेको राजाले नागरिकलाई सुरक्षा गर्नुदेखि भोकानाङ्गा नराख्नु हो। राजनीतिमा धर्म छिराउने काम बेलायती उपनिवेश हुँदा भएको हो, पूर्वीय दर्शन र ग्रन्थले त्यस्तो भन्दैन।
नेपालीहरूले के भुल्नु हुँदैन भने हामी कसैले लखेटेर यहाँ आइपुगेका हौँ। मुसलमानले लखेटेपछि यहाँ आएर आफ्ना संस्कार संस्कृति जोगाएको देखिन्छ। नेपालीको संस्कृति एन्टिवेस्ट भएको देखिँदैन। उता फर्केर यता फर्केने, उता फर्केर उतै हेर्ने पनि होइन।
नेपाल आर्थिक र सैनिक मामिलामा कमजोर हो। त्यसैले एक तिहाइ भूमि गुमायो सुगौली सन्धीताका। तर, यहाँको पहिचान भनेकै संस्कृति हो। जोगिएको भनेकै संस्कृति हो।
भन्न खोजेको पश्चिमतिर जाने र बुझ्ने तर आफू अनुकुल बनाउने हो उतैको कपी गरेको देखिँदैन। पृथ्वीनारायण शाह भारत गएका थिए, भिमसेन थापा पनि गएका थिए तर उनीहरू फर्किए। संस्कृति अहिलेसम्म रहनु हाम्रा शासकहरू उता जानु र नेपाल फर्केर यहिँको संस्कृति मानेको देखिन्छ।
नेपाल आर्थिक र सैनिक मामिलामा कमजोर हो। त्यसैले एक तिहाइ भूमि गुमायो सुगौली सन्धीताका। तर, यहाँको पहिचान भनेकै संस्कृति हो। जोगिएको भनेकै संस्कृति हो। बलियो भनेकै संस्कृतिमा हो। अहिले धर्मान्तरण भए भनिएको छ। यदि विदेशी डोनरहरू नल्याएको दिनमा तिनको खेतीपाती पनि बन्द हुन्छ। अर्थमा साटासाट भएको धर्मान्तरण टिकाउ हुँदैन।
यहाँको संस्कृतिको कमजोरी भनेकै महिला र दलितमाथि गरिने दमन हो। महिलामाथि हिंसा गरिनु, उनीहरू भित्रको सम्भावना नदेख्नु, कानूनी र व्यहारिक रूपमा समान हक अधिकार नदिनु कमजोरी हो। त्यस्तै दलितको हकमा पनि। अझै पनि दलितलाई मन्दिर प्रवेशमा रोक लगाइनु। अन्तरजातीय विवाहको स्वीकार्यता नहुनुले संस्कृतिको आलोचना भएको हो।
महिला र दलितमाथि विभेद हुनुको कारण पनि छ, यहाँको सनातनीहरू आफ्नो अस्तित्व जोगाउनका खातिर आएका हुन्। हतारिएको बेलामा बनाइएका नियमले गर्दा महिला र दलित विभेदमा परेका हुन् की जस्तो देखिन्छ, अब पनि त्यही हठलाई समातेर महिलामाथि विभेद गरिनु हुँदैन।
जति छिटो महिलामाथिको हिंसा बन्द हुन्छ अनि यस्तो संरचना मक्किएर झर्छ त्यति छिटो राम्रो हुन्छ। विभेदले संस्कृतिको रक्षा गर्दैन, उल्टो राम्रो संस्कृतिलाई पनि हानी गर्छ। हतास मनोदशाले गरेको निर्णय हो महिला र दलित माथिको हिंसा दमन र चरम शोषण। यी संस्कृति होइनन्।
संस्कृति परिमार्जित हुन्छ
भारतमा त्यत्रो वर्ष ब्रिटिशले शासन गर्यो। भारतमा मुसलमान र हिन्दूबीचको द्वन्द्व ब्रिटिशले रोपेको हो। त्यसकारण नेपालका सनातनीहरू र भारतका हिन्दूहरूभन्दा कम कट्टर भएको देखिन्छ।
ब्रिटिश साम्राज्य हुँदा पनि अहिले भारतको योग संसार भर फैलिएको छ, दिपावली ह्वाइट हाउसमा मनाइन्छ, मेहेन्दीको अन्तर्राष्ट्रियकरण भएको छ, क्यानडामा पञ्जाबी भाषा तेस्रो धेरै बोलिने भाषा हो।
यहाँ गाई नै काटेर खाए पनि देखेको नदेख्यै गर्ने हुन्। तर, कहिलेकाहिँ कुनै समुदाय उत्तेजित भइदिँदा कुरा बिग्रने मात्रै हो।
भारतीय फिल्महरूको अन्तर्राष्ट्रियकरण भएको छ त! राजनीतिक व्यवस्थाले बाहिरको लादे पनि भित्र बसेको संस्कृति जाँदो रहेनछ भन्ने उदाहरण होइन र यो?
पश्चिमा पढाइमा ‘एक्सपर्ट’ हुँदै आफ्नो संस्कार संस्कृति पनि मानेको देखिन्छ। आइटी एक्सपर्टले चन्दनको टीका लगाएको देखिन्छ। संस्कृति मनाउनु र आधुनिक शिक्षा अङ्गाल्नु विरोधाभाष होइन।
अरुलाई घृणा गर्ने होच्याउने नै होइन हाम्रो संस्कृति। जीवन्त हुने हो। हाम्रा संस्कार संस्कृति विश्वविद्यालयमा पढाइ नहोलान्। तर, हामी सबैले केही न केही ग्रन्थ त पढेकै हुन्छौँ नि ! पर्वहरू मनाउने तरिका परिर्माजन भएका छन् तर मुख्य उदेश्य देखिन्छ।
उपभोक्तावाद र छाडावाद मौलाएको होइन
कतिपयले पश्चिमा यौन स्वतन्त्रता वा यौन संस्कृति नै भनौँ यता मौलायो भन्छन् त्यसो होइन। हाम्रै कामशास्त्रका पुस्तकहरू हेरौँ, नवरस भन्ने संस्कृति रतिबारे पढौँ, यौन नबुझी जीवन बुझिँदैन भन्ने संस्कृति यतै भएको देखिन्छ।
उहिले बनेका टुँडाल हेर्यौँ भने पनि यौनसम्बन्ध भएका प्रशस्त देखिन्छन्। विपरीत लिङ्गीको मात्रै होइन, समलिङ्गी सम्बन्धहरू पनि देखिन्छन्। यौनिक विविधता पनि स्वीकारेको देखिन्छ। हिन्दू मन्दिरमा जस्ता कामूक चित्र अन्य धर्मको चर्च, मस्जिदमा देखिँदैन।
नेपालीहरूको बानी सहनशील नै हो। भारतमा ब्रिटिशले गद्दारी नगरेको भए विभाजन हुँदैनथ्यो। यहाँ त्यो गद्दारी नभएका कारण यहाँका नागरिक सहनशील नै छन्।
त्यतिबेला यस्तो बनाउने सल्लाह दिने सल्लाहकार समूह बनाउने शासक र त्यस्तै निर्माण गर्ने कालिगढहरू यौनको मामिलामा उदार नै थिए भनेर बुझ्नुपर्ने हुन्छ। जन्म, पे्रम, विवाह, यौन, मृत्यु सम्बन्धमा हाम्रो समाजले खुला छलफल गरेको देखिन्छ। नत्र खुला स्थानमा यौनसम्बन्ध भएका टुँडाल र घाटहरू हुँदैनथे होलान्।
संस्कृति नयाँ तहमा गएको हो, मासिएको होइन
धेरैले संस्कृति बिग्रियो पश्चिमाकरण भयो भनेर चिन्ता गरेको देखिन्छ। त्यसो होइन, पश्चिमा ग्याजेट चलाउँदैमा यताको संस्कृति मासिएको होइन।
उदाहरणका लागि मुसलमानको शासन हुँदा मुन्सीमा काम गर्ने ब्राह्मणहरू नै थिए, ब्रिटिशको शासन कालमा पनि प्रशासन चलाउने उनै थिए। पछि पनि कर्मचारीतन्त्र चलाउने उनै भए। यसरी हेर्दा लोयल्टी भएको भनेर बुझे पनि हुन्छ। पूर्वीय दर्शन नै लचकता हो।
नेपालमा धार्मिक दङ्गा हुन खोजे पनि भएको देखिँदैन। किन यस्तो हुन्छ भने, दक्षिणतिरबाट उचाल्छन्। यहाँ गाई नै काटेर खाए पनि देखेको नदेख्यै गर्ने हुन्। तर, कहिलेकाहिँ कुनै समुदाय उत्तेजित भइदिँदा कुरा बिग्रने मात्रै हो।
नेपालीहरूको बानी सहनशील नै हो। भारतमा ब्रिटिशले गद्दारी नगरेको भए विभाजन हुँदैनथ्यो। यहाँ त्यो गद्दारी नभएका कारण यहाँका नागरिक सहनशील नै छन्।
महिला-दलितमाथि हुने हिंसा बाहेक अन्य संस्कृतिमा सहिष्णु नै भएको देखिन्छ। अघि पनि भनेँ, जति छिटो मक्किएको महिला हिंसा र जातीय हिंसाको विभेद हट्छ, त्यति छिटो हाम्रा संस्कृतिका राम्रा पक्षहरू बच्छन्, नत्र गाह्रो हुन्छ।
समग्रमा नेपालका संस्कृति परिमार्जित हुँदै गएको छ। संस्कृति जड हुँदैन। पुराना पनि मान्दै नयाँ पनि बनाउँदै जाने चिज हो। परापूर्वकालदेखि नै चलिआएको यस्तै हो। नेपाली संस्कृति पनि नयाँ तहमा गएको हो, मासिएको होइन।
(त्रिभुवन विश्वविद्यालय अंग्रेजी विभागमा उप-प्राध्यापकको रूपमा अध्यापनरत रिजालसँग प्रजु पन्तले गरेको कुराकानीमा आधारित)
असोज ३०, २०८० मंगलबार २०:१८:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।