बजेट : कर्मचारीलाई तलब खुवाउन राजश्वबाट उठेको रकम अपुग, नपुग ३२ अर्ब ऋण खोज्नुपर्ने
काठमाडौं : सरकारले सोमबार सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटमा राजश्वबाट उठ्ने रकमभन्दा तलबभत्तामा खर्च हुने रकम बढी हुने अनुमान गरेको छ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले संघीय संसदमा प्रस्तुत गरेको बजेटमा आगामी वर्ष राजश्वबाट १२ खर्ब ४८ अर्ब उठाउने लक्ष्य राखिएको छ।
तर, कर्मचारीको तलबभत्ता, सामाजिक सुरक्षा, वित्तीय हस्तातरण, प्रशासनिक खर्च लगायतको साधारण खर्चमा त्योभन्दा ३२ अर्ब २५ करोड बढी अर्थात् १२ खर्ब ८० अर्ब २५ करोड रकम विनियोजन गरिएको छ।
साधारण खर्चको नपुग ३२ अर्ब २५ करोड र विकास निर्माणका लागि हुने पुँजीगत खर्चको लागि ३ खर्ब २ अर्ब ७ करोड अनुदान तथा आन्तरिक र बाह्य ऋणको भर पर्नुपर्ने देखिन्छ।
जेठ १५, २०८० सोमबार २१:४८:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।