हरेक निर्वाचन क्षेत्रलाई पाँच करोड दिने अर्थमन्त्रीको प्रस्ताव
काठमाडौं : सरकारले एक निर्वाचन क्षेत्रलाई पाँच करोड रुपैयाँ उपलब्ध गराउने गरी संसदीय क्षेत्र विकास पूर्वाधार विकास कार्यक्रम प्रस्ताव गरेको छ।
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तो कार्यक्रमको प्रस्ताव गरेका हुन्।
यस कार्यक्रमअन्तर्गत एउटा कार्यक्रममा न्यूनतम एक करोड विनियोजन हुने गरी सडक, सिंचाइ, खानेपानी, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद लगायतका भौतिक पूर्वाधार निर्माणका आयोजना तथा कार्यक्रम छनोछ गरिने मन्त्री महतले बताए।
१६५ निर्वाचन क्षेत्रका लागि ८ अर्ब २५ करोड रुपैयाँ विनियोजन गरिएको छ।
जेठ १५, २०८० सोमबार १९:०७:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।