अर्थमन्त्री आएपछि सुचारू भयो १५ मिनेटकाे लागि स्थगित प्रतिनिधसभाकाे बैठक
काठमाडौं : अर्थमन्त्री प्रकाशशरण महत उपस्थित नभएपछि स्थगित भएको प्रतिनिधिसभाको बैठक पुन: सुचारू भएको छ।
सभामा अर्थमन्त्री महत नभएको भन्दै प्रतिपक्ष दलका सांसदहरूले विरोध जनाएपछि बैठक १५ मिनेटका लागि स्थगन गरिएको थियो।
मन्त्री आएपछि पुन: बैठक सुचारु भएको हो।
बैठकमा आर्थिक वर्ष २०८०/८१ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल भइरहेको छ।
वैशाख २५, २०८० सोमबार १४:२६:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।